Sunday, June 28, 2009

2065-एसएलसी परीक्षाको नतिजा प्रकाशित

भक्तपुर १४ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा २०६५ साल चैत १२ गतेदेखि २० गतेसम्म साचालन भएको एसएलसी परीक्षाको नतिजा आज साँझ प्रकाशित गरिएको छ ।परीक्षा नियन्त्रण कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले सो जानकारी गराउनुभएको हो ।परीक्षामा नियमित तथा एक्जाम्टेड परीक्षाका लागि कुल चार लाख १२ हजार ३२१ परीक्षार्थीले आवेदन फारम भरेकोमा कुल तीन लाख ८८ हजार ५२२ परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।परीक्षामा सम्मिलत भई कुल दुई लाख ५६ हजार ४८९ विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसमध्ये नियमिततर्फ दुई लाख ३४ हजार ६०२ परीक्षार्थी र एक्जाम्टेडतर्फ २१ हजार ८८७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।जसअनुसार नियमित तर्फ ६८ दशमलब ४७ प्रतिशत र एक्जाम्टेडतर्फ ४७ दशमलब ६९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।यसवर्ष ११ हजार ३०४ जना परीक्षार्थी विशिष्ट श्रेणी ८७ हजार ७७२ जना प्रथम श्रेणीमा एक लाख २५ हजार ४२१ द्वितीय श्रेणीमा र १० हजार १०५ तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।परीक्षामा एक हजार ९४९ जनाले परीक्षा दिएनन् भने दुई हजार २८८ जना परीक्षार्थीको नतिजा प्रकाशित नगरिएको र १७४ जनाको नतिजा रद्द गरिएको छ ।त्यसैगरी एक्जाम्टेडतर्फ विशिष्ट श्रेणी कसैले प्राप्त गरेका छैनन् भने ७०८ जना प्रथम श्रेणीमा १७ हजार ५७० जना दोस्रो श्रेणीमा तीन हजार ६०९ जना तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् ।यसैगरी एक हजार ६६२ जनाले परीक्षा दिएनन् भने ७३१ जनाको नतिजा प्रकाशित नगरिएको र ३७ जनाको नतिजा रद्द गरिएको जनाइएको छ ।

Source: Fewa News Service

No comments:

Post a Comment